काठमाडौँ । मौद्रिक नीति सार्वजनिक हुने समयदेखि उकालो लागेको सेयर बजार बुधबार पनि हरियाली भएको छ । सेयर बजार परिसुचक नेप्सेमा आएको तिब्र सुधारसँगै कारोबार रकममा पनि भारी सुधार देखिएको छ ।
बुधबार नेप्से परिसुक ३४.६१ अंकले बढेर २७९४.७८ अंकमा पुगेको छ । कारोबारमा आएका ३३० कम्पनीका ४ करोड ३१ लाख ११ हजार ४१६ कित्ता सेयरहरु ९९ हजार ५०५ पटक किनबेच हुँदा १४ अर्ब ३ करोड ४८ लाख ३९ हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेप्से ३४.४६ अंकले बढेर २७६०.१७ अंकमा पुग्दा ९ अर्ब ४१ करोड ९१ लाख ६५ हजार रुपैयाँको सेयर किनबेच भएको थियो । सोमबार भने बजार निरन्तरको वृद्धिपछि ३५ अंकले तल झरेको थियो ।
बुधबार सबै उपसुचकमा वृद्धि हुँदा निर्जीवन बीमा समूह २३१.४८ अंकले बढेको छ । विकास बैंक समूह २२१.३० अंकले बढेको बजारमा उत्पादन तथा प्रशोधन समूह १००.९०, लघुवित्त समूह ९४.९७, नलविद्युत समूह ४६.३९, होटल तथा प्रर्यटन समूह ४१.११, बैकिङ्ग समूह २३.७६ र वित्त समूह १९.२९ अंकले बढेका छन् ।

यस्तै, १० प्रतिशत केबीएल डेभेन्चर २०९० र थ्रि स्टार हाइड्रोपावरको सेयर मूल्य समान १० प्रतिशतले बढेको छ । गी्रन डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.४१ प्रतिशत, एनआइबीएल स्टेबल फण्डको इकाई मूल्य ८.३२ प्रतिशत र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ८.३० प्रतिशतले बढेको छ ।
समग्र बजार बढ्दा पनि माई खोला हाइड्रोपावरको सेयर मूल्य भने ७.८७ प्रतिशतले घटेको छ । नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य २.९० प्रतिशत, नेपाल एसबीआई बैंक २०८३ डिबेञ्चरको २.३१ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य २.१४ प्रतिशत र एभरेष्ट बैंक २०८५ डिबेञ्चरका मूल्य २ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा बुटवल पावर कम्पनी ६१ करोड ८७ लाख २६ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा रहेको छ । कारोबारमा आएका इकाई संख्याको आधारमा सनराइज ब्लुचिप फण्ड २८ लाख ४ हजार ७५० इकाईको कारोबार सहित शीर्ष स्थानमा रहँदा कारोबार संख्याको आधारमा पनि बुटवल पावर कम्पनी २ हजार १९० पटकको कारोबार सहित शीर्ष स्थानमा छ ।
बुधबारको कोरोबार सँगै कुल बजार पूँजीकरण ४६ खर्ब ५६ अर्ब ९८ करोड ९३ लाख ६२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार यस्तो पुँजीकरण ४५ खर्ब ९९ अर्ब ३१ करोड ६३ लाख रुपैयाँ थियो ।












प्रतिक्रिया