काठमाडौँ | सेयर बजार परिसुचक नेप्से आइतबार ३२७ दिनपछि २९०० बिन्दुमाथि उक्लिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिम नीतिमा खुकुलो प्रावधान ल्याएपछि प्रायः नेप्से उकालो यात्रामा लागेको हो ।
नेप्से परिसुचक अन्तिम पटक २२०८१ भदो ११ गते मंगलबार २९०२.७५ विन्ुमा पुगेको थियो । त्यसपछि नेप्से क्रमशः ओरालो लागेको थियो ।
लामो समयदेखि बजारमा गिरावटको सामना गरिरहेका लगानीकर्ताले पछिल्लो समय उत्साहित भएका छन् । सेयर बजारमा लामो समयदेखि देखिएको मन्दीपछि पछिल्ला केहि दिनमा स्थिर वुद्धि भइरहेको छ ।












प्रतिक्रिया