काठमाडौँ । सेयर लगानीकर्ता दिपेन्द्र अग्रवाल पक्राउ परेका छन् । २२ करोड रुपैयाँ ठगी गरेको अभियोग उनीमाथि परेको छ । प्रहरीले अग्रवाललाई काठमाडौँको टोखाबाट सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अग्रवालले ठगी गरेको भन्दै पिडितले प्रहरीलाई फोन गरेका थिए । यसपछि, प्रहरीले टोखाबाट अग्रवाललाई पक्राउ गरेको हो ।
ठगी र अपराधिक विश्वासघातको आरोपमा उनी पक्राउ परेका हुन् ।
‘अग्रवालमाथि ठगी र अपराधिक विश्वासघात गरेको उजुरी परेको थियो, केही दिनअघि अदालतबाट पक्राउ पुर्जी पनि जारी भएको थियो,’ उनको ठगीको विषयमा नेपाल धितोपत्र बोर्डले समेत अनुसन्धान गरेर कारबाही गर्ने प्रक्रिया अघि बढाएको थियो । सोही अनुसार प्रहरीले पक्राउ गरेको हो ।












प्रतिक्रिया