काठमाडौँ । सेयर बजार लगातार उकालो लाग्दा कारोबार भएका सात दिनमा नेप्से झण्डैँ २५४ अंकले बढेको छ । असार ३० गते सोमबार २७२५.७१ अंकमा बन्द भएको नेप्से परिसुचक काराबारका सात दिनपछि बुधबार २९७८.८८ अंकमा पुगेर बन्द भएको छ । यी सात दिनमा नेप्से २५३.१७ अंकले बढेको हो ।
बुधबार नेप्से ५.१७ अंकले बढेर २९७८.८८ अंकमा पुगेको छ । कारोबारमा आएका ३१९ कम्पनीका ४ करोड ४८ लाख ६६ हजार १५९ कित्ता सेयरहरु १ लाख ७० हजार ३१८ पटक किनबेच हुँदा १९ अर्ब ५७ करोड ५२ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ ।
मंगलबार नेप्से ८०.९७ अंकले बढेर २९७३.७० अंकमा पुग्दा कारोबार रकम २० अर्ब ८ करोड ५३ लाख रुपैयाँ पुगेको थियो ।
बुधबार वित्त समूह ३.२३ प्रतिशत र अन्य समूह १.४४ प्रतिशतले बढ्दा होटल तथा पर्यटन समूह १.१० प्रतिशतले घटेको छ । लघुवित्त समूह ०.७२, जीवन बीमा समूह ०.५०, विकास बैंक समूह ०.९२ र वाणिज्य बैंक समूह ०.२५ प्रतिशतले घटेको छ ।
टे«ड टावर, सान्भी इनर्जी र ग्रीन भेन्चरको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा लिबर्टी इनर्जीको सेयर मूल्य ७.०८ र बेष्ट फाइनान्सको सेयर मूल्य ५.९७ प्रतिशतले बढेको छ ।
यता, भुगोल इनर्जी विकास कम्पनीको सेयर मूल्य ५.३२ प्रतिशतले घटेको छ । ग्रीन डेभलपमेन्ट बैंकको सेयर मूल्य ४.२६ प्रतिशत, अभियानमा लघुवित्तको सेयर मूल्य ४.१३, आरएसडीसी लघुवित्तको सेयर मूल्य ४.१० र माई खोला हाइड्रोपावरको सेयर मूल्य ३.१२ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स ७८ करोड १० लाख २८ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा रहँदा कारोबारमा आएका इकाई संख्याको आधारमा नेपाल इन्फ्रास्टक्चर बैंक १९ लाख ५४ हजार १३० इकाईको कारोबार सहित शीर्षस्थानमा छ । कारोबार संख्याको आधारमा पनि नेपाल इन्फ्रास्टक्चर ६ हजार ११५ पटकको किनबेच सहित अग्रस्थानमा छ ।
बुधबार कुल बजार पूँजीकरण ४९ खर्ब ७० अर्ब ७६ करोड १४ लाख रुपैयाँ कायम भएको छ ।
मंगलबार कुल बजार पूँजीकरण ४९ खर्ब ६२ अर्ब १२ करोड ९ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया