काठमार्डाै । साताको कारोबारको अन्तिम दिन सेयर बजार परिसुचक नेप्सेमा सामान्य अंकको सुधार आएको छ । कारोबारको अन्तिम दिन बिहिबार नेप्से ३.७६ अंकले बढेर २९८२.६४ अंकमा पुगेको हो ।
बिहिबार काराबारमा आएका १२३ कम्पनीको सेयर मूल्य बढ्दा १२७ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बिहिबार कारोबारमा आएका कुल जम्ममा ३२८ कम्पनीका ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता सेयरहरु १ लाख ५४ हजार ६४२ पटक किनबेच हुँदा १८ अर्ब ४९ करोड ९० लाख ४२ हजार रुपैयाँको काराबार भएको छ ।
बुधबार नेप्से ५.१७ अंकले बढेर २९७८.८८ अंकमा पुग्दा कारोबार रकम १ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ पुगेको थियो ।
बिहिबार जलविद्यतु समूह २ प्रतिशतले बढेको छ । विकास बैंक समूह १.०६ प्रतिशत, होटल तथा पर्यटन समूह ०.४६ प्रतिशतले बढेको बजारमा लगानी समूह ०.२५ प्रतिशतले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।
ग्रीन भेन्चरको सेयर मूल्य, ट्रेड टावरको सेयर मूल्य, सान्भी इनर्जी र स्वेत–गंगा हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशले बढेको छ ।
यता, ९ प्रतिशत मन्जुश्री फाइनान्सको डेभेन्चर मूल्य ४.२७ प्रतिशतले घटेको छ । ११ प्रतिशत महालक्ष्मी डेभेन्चर मूल्य ३.९६ प्रतिशत, उन्नत्ती सहकार्य लघुवित्तको सेयर मूल्य ३.५८, सानीमा ग्रोथ फण्डको इकाई मूल्य ३.०९ प्रतिशत र समृद्धि फाइनान्सकोको सेयर मूल्य ३.०६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रादी विद्युत ७७ करोड २१ लाख ४५ हजार रुपैयाँको कारोबार सहित शीर्ष स्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा न्यादी ग्रुप पावर १६ लाख ५२ हजार ५४६ इकाईको कारोबार सहित शीर्षस्थानमा छ । कारोबार रकमका आधारमा पनि न्यादी ग्रुप पावर ४ हजार १७६ पटकको कारोबार सहित शीर्षस्थानमा छ ।
बिहिबारको कारोबार सँगै कुल बजार पूँजीकरण ४९ खर्ब ७७ अर्ब ४ करोड ८६ लाख ९७ हजार रुपैयाँ कायम भएको छ ।
बुधबार कुल बजार पूँजीकरण ४९ खर्ब ७० अर्ब ७६ करोड १४ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया