स्वस्तिक लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन


काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरी जारी गरेको आईपीओमा आवेदन दिन आज साउन ९ गते अन्तिम दिन हो।

संस्थाले असार २७ गतेदेखि २ लाख ३१ हजार कित्ता सेयर निष्काशन गरी बिक्री खुला गरेको थियो। यो संख्या कम्पनीको जारी पूँजीको ४० प्रतिशत हो, जसको कुल रकम २ करोड ३१ लाख रुपैयाँ बराबर छ।

जारी सेयरमध्ये १ हजार १५५ कित्ता कर्मचारीहरूका लागि र ११ हजार ५५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी २ लाख १८ हजार २९५ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको हो। आवेदनकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यस आईपीओलाई इक्रा नेपालले इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ। यो रेटिङ्गले लघुवित्तले समयमा वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्दछ।

स्वस्तिक लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार  १० : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।