आइपिओ निष्काशन गर्दै नेबिको


काठमाडौँ । नेबिको लिमिटेडले प्राथमिक शेयर निष्काशन (आइपिओ) गर्ने भएको छ । कम्पनीले २० करोड मूल्य बराबरकोे शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

कम्पनीले उक्त शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
सो सम्बन्धमा नेबिको लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेडबीच बिहिबार शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ । नेबिको लिमिटेडका तर्फबाट अध्यक्ष राज बहादुर सिंह र सिद्धार्थ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

नेबिको लिमिटेड सन् १९६४ मा स्थापना भएको नेपालकै पुरानो र प्रख्यात खाद्य उत्पादन कम्पनी हो । काठमाडौंको बालाजु औद्योगिक क्षेत्रमा रहेको मुख्य कारखाना तथा हेटौंडा, भैरहवामा थप भएका उद्योगबाट बिस्कुट र कन्फेक्शनरी उत्पादन गर्दै आएको यस कम्पनीको वार्षिक उत्पादन क्षमता १,५०० मेट्रिक टन रहेको छ ।

यसको व्यापार बिभिन्न प्रमुख खाद्य क्षेत्रमा छ । बिस्कुट, कन्फेक्शनरी, कुकिज,सिरियल्स कम्पनीका हालका मूख्य उत्पादनहरु हुन । आगामी आर्थिक बर्षहरुमा कम्पनीको बेकरी, वेफर, पफ लगायतका उत्पादनहरु स्वदेश र बिदेशमा बिस्तार गर्ने योजना रहेको छ ।

प्रकाशित मिति: ९ श्रावण २०८२, शुक्रबार  १३ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।