तेह्रथुम पावरको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन आज


काठमाडौँ । तेह्रथुम पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज (आइतबार)अन्तिम दिन रहेको छ । कम्पनीले गत असार १६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले १ कित्ता शेयरबराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। कम्पनीले ४० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।

हकप्रद शेयर निष्काशन प्रयोजनार्थ कम्पनीले गत जेठ ५ गते बुक क्लोज गरेको थियो। यसअनुसार जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको कम्पनीले जनाएको छ। शेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नबिल बैंकका छथर, म्याङलुङ, फेदाप र संक्रान्ति बजार शाखा कार्यालय तथा कुमारी बैंकको मेन्छियायम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति: ११ श्रावण २०८२, आइतबार  १० : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।