काठमाडौँ । पछिल्लो ५ वर्षमा नेपालले ४ अर्ब माथिको अम्रिसो निर्यात गरेको । यो अवधिमा सबैभन्दा बढी अम्रिसो भारत निर्यात भएको हो । नेपालको ग्रामिण क्षेत्रमा उल्लेख्य रुपमा उत्पादन हुने अम्रिसोले नेपालको विदेशी मुद्रा आर्जनमा सहयोग गरेको छ ।
अम्रिसो विशेष गरी कुच्चो बनाउन प्रयोग गरिन्छ । जुन भारतमा अत्याधिक माग हुने गरेको देअिन्छ । विशेषगरी धनकुटा, भोजपुर लगायतका जिल्लाहरुमा उत्पादन हुने अम्रिसोले अन्तराष्ट्रिय बजार पाउने गरेको छ । गत आवमा १ अर्ब १५ करोड ७ लाख ६९ हजार रुपैयाँको १ करोड ५१ लाख ९३ हजार १४० केजी अम्रिसो भारत निर्यात भएको छ ।
विभागका तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ को तुलनामा परिमाणमा बढी र रकममा कमी आएको । अघिल्लो वर्ष १ अर्ब ३२ करोड ५२ लाख ५४ हजार रुपैयाँको १ करोड ३५ लाख ६२ हजार ३२० केजी अम्रिसो नेपालबाट निर्यात भएको थियो ।
अघिल्लो वर्षको तुलनामा गतवर्ष परिमाणमा १६ लाख ३० हजार केजी बढी निर्यात भएता पनि मूल्यमा भने १७ करोड ४४ लाख रुपैयाँ कमी आएको हो ।
आर्थिक वर्ष ०७९/८० मा १ अर्ब ८८ लाख रुपैयाँको १ करोड ३९ लाख ७८ हजार ३३० केजी अम्रिसो निर्यात भएको थियो । आव २०७८/७९ मा १ करोड ४० लाख ७९ हजार ४२५ केजी अम्रिसोबाट ६९ करोड ९८ लाख ६२ हजार रुपैयाँ आम्दानी भएको थियो ।
त्यस्तै, आव २०७७/७८ मा १३ लाख ३८ हजार ३३८ केजी अम्रिसो निर्यात गर्दा ६५ करोड ८८ लाख १३ हजार रुपैयाँ आर्जन भएको हो । आव २०७७/७८ मा भारत र बङगलादेशमा निर्यात गर्ने गरेको अम्रिसो पछिल्लो ४ वर्ष भारतमा मात्र निर्यात हुने गरेको छ ।












प्रतिक्रिया