काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत असार २५ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ।
कम्पनीको ४२ प्रतिशत हकप्रद शेयरमा अब साउन २० गतेसम्म आवेदन दिन सकिने भएको छ।
इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयरबराबर ४.२ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको हो। यसअनुसार इन्स्योरेन्सले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।
यसमा जेठ १४ गतेसम्म नेप्सेमा कायम रहेका शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले एशियन लाइफलाई आईआरएन सिंगल ए माइनस इस्यूअर रेटिङ्ग दिएको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त मात्रामा सुरक्षित संकेत गर्दछ।
कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ।












प्रतिक्रिया