काठमाडौँ । सेयर बजार परिसुचकमा दोहोरो अंकको सुधार आउँदा नेप्से ३ हजार अंकमाथि पुगेको छ । मंगलबार नेप्से ३०.७६ अंकले बढेर ३००२.०७ अंकमा पुगेको हो ।
कुल बजार पूँजीकरण ५० खर्ब रुपैयाँ नाघेको छ । मंगलबार कुल बजार पूँजीकरण ५० खर्ब ९ अर्ब ४६ करोड ४५ लाख रुपैयाँ कायम भएको छ ।
सोमबार कुल बजार पूँजीकरण ४९ खर्ब ५८ अर्ब १२ करोड ५० लाख रुपैयाँ कायम भएको थियो ।
मंगलबार १७६ वटा कम्पनीको सेयर मूल्य बढ्दा ७४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । कारोबारमा आएका ३२१ कम्पनीका ४ करोड १८ लाख ८ हजार ९६६ कित्ता सेयरहरु १ लाख ५७ हजार ५२५ पटक किनबेच हुँदा १८ अर्ब ५२ करोड ९३ लाख २२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार निर्जीवन बीमा समूह १४५.३७ अंकले बढेको छ । जीवन बीमा समूह १३९.५१, लघुवित्त समूह ८८.२७, अन्य समूह ७२.३६, उत्पादन तथा प्रशोधन समूह ७२.१७ अंकले बढेको बजारमा बैंकिङ्ग समूह १७.५७ अंकले बढेको छ ।
मुक्तिनाथ कृषि कम्पनी, ट्रेड टावर, सान्भी इनर्जी र नदिप लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्दा नेपाल वेयरहाउजीङको सेयर मूल्य ८.०६ प्रतिशतले बढेको छ ।
समता घरेलुुु लघुवित्तको सेयर मूल्य ८.६० प्रतिशतले घटेको छ । बिन्ध्यवासीनी हाइड्रोपावरको सेयर मूल्य २.९३ प्रतिशत, उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य २.७३, स्वेत–गंगा हाइड्रोपावरको सेयर मूल्य २.६४ र मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य २.३८ प्रतिशतले घटेको छ ।
कारोबार रकमको आधारमा हिमालयन डिस्ट्रिलरी ६४ करोड ४१ लाख ३८ हजार रुर्पैयाँको कारोबार सहित शीर्षस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा १८ लाख ५८ हजार २२३ इकाईको कारोबार सहित अग्रस्थानमा रहँदा कारोबार संख्याको आधारमा पनि ४ हजार ३४५ पटकको किनबेच सहित प्रभु बैंक शीर्षस्थानमा छ ।












प्रतिक्रिया