झापा इनर्जीको आईपीओ निष्कासन, कसले पाउँछ आवेदन दिन ?


काठमाडौँ । झापा इनर्जी कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ । कम्पनीले आजदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि सेयर निष्कासन गरेको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपियाँका दरले जम्मा ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो ।

कुल निष्कासनमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र १५ प्रतिशत अर्थात् ५७ हजार २९ कित्ता आईपीओ वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री गरिनेछ ।

स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको  १ लाख ९० हजार ९५ कित्ता सेयर क्षेत्र बाहेकका झापा जिल्लाको शिवसताक्षी नगरपालिका–४ का बासिन्दाका लागि निष्कासन गरिने जनाइएको छ । यस्तै ५७ लाख २ हजार ९०० रुपैयाँ ५७ हजार २९ कित्ता सेयर विदेशमा रहेका नेपालीका लागि निष्कासन गरेको छ ।

दुवै समूहका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ ।

आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा साउन २८ गते हुनेछ भने ढिलोमा भदौ १२ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने छिटोमा साउन १८ र ढिलोमा साउन २८ गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति: १४ श्रावण २०८२, बुधबार  १० : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।