काठमाडौँ । श्रीनगर एग्रिटेक इन्डष्ट्रिज लिमिटेडले आइपीओ निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले कम्पनीलाई साउन १३ गते मंगलबार आइपीओ निष्काशनको अनुमति दिएको हो ।
बोर्डबाट कम्पनीले १०० रुपैयाँ अंकित दरमा ३२ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ३२ लाख ६२ हजार ५०० कित्ता शेयर निष्काशनका लागि अनुमति पाएको हो । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको कम्पनीले जनाएको छ ।












प्रतिक्रिया