प्रधानमन्त्रीले उद्धघाटन गरिसकेको आयोजनाको लागि १८ अर्ब ९२ करोड रुपैयाँ ऋण लिँदै सरकार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गरेको रानी जमरा कुलरिया सिँचाइृ आयोजनाको लागि सरकारले १८ अर्ब ९२ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद बैठकले अर्थमन्त्रालयलाई सो परियोजनाको लागि ऋण लिन स्वीकृति दिएको हो ।

प्रधानमन्त्री ओलीले यही मंगलबार उक्त आयोजनाको उद्धघाटन गरेका थिए । उक्त आयोजनाले कैलाली जिल्लाको १४ हजार ३०० हेक्टरमा सिँचाई सुविधा प्रदान गर्ने छ ।

सरकारका प्रवक्ता एवम् सुचना तथा सञ्चार मन्त्री पृथीवीसुब्बा गुरुङले बिहिबार मन्त्रीपरिषदको निर्णय सार्वजनिक गर्दे ऋण लिने निर्णय भएको जानकारी दिए ।

त्यसैगरि सरकारले राष्ट्रिय विद्युत प्रणाली सुदृढीकरणको लागि पनि १६ अर्ब ७४ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको छ । दुबै आयोजनाको लागि विश्व बैंकबाट कूल ३५ अर्ब ६६ करोड रुपैयाँ ऋण लिने निर्णय गरेको हो |

प्रकाशित मिति: १५ श्रावण २०८२, बिहिबार  १६ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।