पेट्रोलको मूल्य घट्दा, डिजल र मट्टितेलमा भने बढ्यो , खाना पकाउने एलपी ग्यासमा यथावत


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाएको छ ।

यस्तै, डिजल र मट्टितेलमा भने प्रतिलिटर २ रुपैयाँले बढाइएको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रुपैयाँ र हवाई इन्धन अन्तरराष्ट्रियतर्फ अमेरिकी डलर २१ ले बढाइएको छ ।

नयाँ मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर १ सय ५९ रुपैयाँ, डिजल र मट्टितेल प्रतिलिटर १ सय ५० रुपैयाँ, हवाई इन्धन प्रतिलिटर १ सय २८ रुपैयाँ तय गरिएको निगमले जनाएको छ ।

खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको छ । नयाँ मूल्यसूची बिहीबार मध्यरात १२ बजेदेखि लागू भएको निगमले जनाएको छ ।

प्रकाशित मिति: १६ श्रावण २०८२, शुक्रबार  ०९ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।