अब सवारी चालक अनुमतिपत्रको बहाल अवधि १० वर्ष


काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को बहाल अवधि १० वर्ष बढेर भएको छ । सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक राजपत्रमा प्रकाशित गरेपछि यो व्यवस्था कार्यान्वयन हुन पुगेको हो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा रहेको लाइसेन्स अवधि ५ वर्षबाट बढाएर १० वर्ष कायम गरिएको हो । ऐनको दफा ५४ को उपदफा ३ मा लाइसेन्स बहाल हुने अवधिबारे जनाइएको छ ।

संशोधित व्यवस्था अनुसार यस्तो अवधि अब १० वर्ष बहाल हुने भएको छ । लाइसेन्स नवीकरणबाट मान्य हुने अवधि समेत अब १० वर्ष पुर्‍याइएको छ ।यसअघि नवीकरण हुँदा मान्य हुने अवधि ५ वर्ष थियो । नयाँ व्यवस्था अनुसार सवारी जाँचपास तथा प्रदूषण परीक्षण केन्द्रमा निजी क्षेत्रलाई समेत अनुमति दिने बेहोरा उल्लेख छ ।

प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार  १० : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।