काठमाडौँ महानगरको बजेट खर्च निराशाजनक, विद्युत प्राधिकरण र मेलम्ची आयोजनाको कारण विकास खर्चमा कमि आएको जनप्रतिनीधिहरुको भनाई


काठमाडौँ । गत आर्थिक वर्ष २०८१/८२ मा काठमाडौँ महानगरपालिकाले आफ्नो कुल विनियोजित बजेटको आधाभन्दा केहि बढी मात्र खर्च गर्न सकेको छ । कुल बजेट २५ अर्ब ८६ लाख ५२ हजार रुपैयाँ थियो । तर यसबाट १३ अर्ब ३ करोड ८५ लाख १७ हजार रुपैयाँ मात्र खर्च भएको हो । जुन कु्ल बजेटको ५२.१३ प्रतिशत मात्र हो ।

आर्थिक वर्षको अन्त्य सम्ममा महानगरको चालु तर्फको खर्च पनि सन्तोषजनक देखिएको छैन् । महानगरले चालु तर्फ ९ अर्ब ८२ करोड २० लाख ५० हजार रुपैयाँ विनियोजन गरेकोमा जम्मा ६ अर्ब २२ करोड ९१ लाख १८ हजार रुपैयाँ मात्र खर्च भएको छ । जुन कुल विनियोजित बजेट ६३.४१ प्रतिशत मात्र हुन्छ ।

विकास निर्माणसँग सम्बन्धित पुँजीगत खर्चको अवस्था झनै नाजुक रहेको छ । पूँजीगत तर्फ १५ अर्ब ६ करोड ५६ लाख १ हजार रुपैयाँ विनियोजन गरिएको थियो । जसमा बजेटको ४४.७४ प्रतिशत अर्थात ६ अर्ब ७३ करोड ९३ लाख ९८ हजार रुपैयाँ मात्र बजेट खर्च भएको छ । यसले महानगरपालिकाको विकास निर्माणका कार्यक्रमहरुको कार्यान्वयनको अवस्था फितलो रहेको देखाँउछ । तर जनप्रतिनीधिहरु भने मेलम्ची खानेपानी आयोजना र विद्युत प्राधिकरणले गर्दा ििवकास खर्च लक्ष्य अनुसार गर्न नसकेको गुनासो गर्छन् ।

महानगरपालिकाको विकास बजेट अपेक्षाकृत रुपमा खर्च नहुनुमा मेलम्ची आनेपाली आयोजना र नेपाल विद्युत प्राधिकरणको असहयोगलाई मुख्य कारण मानेका छन् । उनीहरुका अनुसार यी दुई निकायसँग सम्बन्धित पििरयोजनाहरुमा आएको ढिलासुस्ती र समन्वयको अभाबले पूजीँगत खर्च लक्ष्यअनुसार हुन नसकेको हो ।

वडा नम्बर ११ का अध्यक्ष हिरालाल तण्डुकारका अनुसार मेलम्ची खानेपानी आयोजनाले समयमै काम सम्पन्न नगर्दा र विभिन्न स्थानमा मर्मतसम्भार जारी राख्दा पूर्वाधर निर्माणका कामहरु प्रभावित भएका हुन् । आयोजनाले पाइपलाइन विस्तार र मर्मतका लागि खनेका सडकहरु समयमा नपुर्दा माहानगरले आफ्नो बजेट खर्च गर्न नपाएको उनको भनाई छ ।

त्यसैगरि नेपाल विद्युत प्राधिकरणसँगको समन्वय अभाव पनि विकास खर्चमा बाधा बनेको तर्क उनको छ । विद्युतका पोल सार्ने, तार भूमिगत गर्न जस्ता कामहरुमा प्राधिकरणबाट सयममै सम्पन्न नगरेको भन्दै उनले भने प्राधिकरणले खाली सडकमा खाल्डा खुल्डी पारेर धराप थाप्ने काम गरेको तण्डुकारको भनाई छ ।

समग्रमा गत आर्थिक वर्षको कुल विनियोजित बजेटको ४७.८७ प्रतिशत अर्थात ११ अर्ब ९७ करोड १ लाख ३४ हजार रुपैयाँ खर्च हुन नसकि बाँकी रहेको छ ।

 

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार  ०७ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।