सेयर बजारमा दोहोरो अंकको करेक्सन कारोबार रकम पनि खुम्चिदो


काठमाडौँ । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्से ४१.७८ अंकले घटेर २८३३.५७ अंकमा पुगेको छ । कारोबारमा आएका २०४ कम्पनीको सेयर मूल्य घट्दा ४६ वटा कम्पनीको सेयर मूल्य मात्र बढेको छ ।

मंगलबार १ लाख ३० हजार ९५३ पटकको कारोबारमा २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयरहरु ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार रुपैयाँमा किनबेच भएका छन् ।

सोेमबार नेप्से १६.४६ अंकले बढेर २८७५.३६ अंकमा पुग्दा १० अर्ब ८२ करोड २४ लाख ४९ हजार रुपैयाँ पुगेको थियो । आइतबार नेप्से ६३.७३ अंकले घटेर २८५८.९ अंकमा पुग्दा कारोबार रकम १३ अर्ब ७ करोड ५० लाख रुपैयाँ पुगेको थियो ।

मंगलबार समाज लघुवित्त र उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा विन नेपाल लघुवित्तको सेयर मूल्य ४.६४, सिर्जनशील लघुवित्तको सेयर मूल्य ४.२२ प्रतिशतले बढेको छ ।

यता, थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घट्दा ट्रेड टावरको सेयर मूल्य ७.३५, लुम्बिनी विकास बैंकको सेयर मूल्य ५.४०, उपर सोलु हाइड्रोको सेयर मूल्य ४.८० र सुपर माडी हाइड्रोपावरको सेयर मूल्य ४.५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा ३९ करोड २८ लाख ६३ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा सनराइज फोक्सड इक्युटी फण्ड ११ लाख ६२ हजार ४५० इकाईको कारोबार सहित शीर्षस्थानमा छ । कारोबार संख्याको आधारमा ३८ हजार ५८९ पटकको कारोबार सहित ट्रेड टावर शीर्षस्थानमा छ ।

प्रकाशित मिति: २० श्रावण २०८२, मंगलबार  १५ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।