२९ जिल्लामा फैलिए ‘लम्पी स्किन’ : ८०० भन्दा धेरै चौपाया मरे, करिब साढे २७ हजारमा संक्रमण पुष्टि


काठमाडौँ । ‘लम्पी स्किन’ संक्रामक रोगका कारण किसानले पालेका चौपाया बिरामी हुने र मर्ने दर बढ्न थालेको छ । कृषि मन्त्रालयको तथ्यांकअनुसार असार ६ गतेदेखि साउन २० गतेसम्म देशभरका २९ जिल्लाका पशु चौपायामा यो रोग फैलिसकेको छ ।

अहिलेसम्म ८४६ चौपायाको मृत्यू भएको छ भने २७ हजार ४२५ चौपायामा रोगको संक्रमण देखिएको पशुपक्षी अन्वेषण प्रयोगशालाले पुष्टि गरेको छ । तर, यो रोगबाट लाखौँ पशुचौपाया संक्रमित भएको प्रारम्भिक अनुमान गरिएको छ ।

यस रोगबाट सबैभन्दा बढी संक्रमण कोशी प्रदेशका चौपायामा भएको छ । कोशीका ११ जिल्लाका २२ हजार १२२ चौपायामा यो संक्रमण भएको छ भने ६३७ को मृत्यू भएको तथ्यांकले जनाएको छ ।

मधेश प्रदेशका ८ जिल्लाका ४ हजार ४९४ चौपायामा संक्रमण हुँदा १७९ को मृत्यू भएको छ । बागमती प्रदेशका ५ जिल्लाका ३० चौपायाको मृत्यू भएको छ भने ७९३ चौपायामा संक्रमण भेटिएको छ ।

गण्डकी प्रदेशका १ जिल्लाको ७ चौपायामा संक्रमण भएको छ भने लुम्बिनीको ३ जिल्लाका १६ चौपायामा संक्रमण भएको हो । कर्णालीको १ जिल्लामा देखिएपनि संक्रमणको विवरण प्राप्त नभएको र सुदुरपश्चिम प्रदेशमा हालसम्म रोग पुष्टि भएको छैन ।

प्रकाशित मिति: २२ श्रावण २०८२, बिहिबार  ११ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।