रसुवा बाढी : बीमा दावी ९८ करोड ५९ लाख


काठमाडौँ । गत असार २३ गते रसुवा जिल्लामा अविरल वर्षा तथा बाढी पहिरोको क्षतिबाट उत्पन्न प्रारम्भिक बीमा दाबी ९८ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबर पुगेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार यही साउन २२ गतेसम्म कुल बीमा दाबी ७८ पुगेको छ । त्यसमा सम्पत्ति बीमा ६, सामुद्रिक बीमा ९, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ५, मोटर बीमा (निजी) १६ र मोटर बीमा (सार्वजनिक) ४२ वटा दाबी परेको छ । प्राधिकरणका अनुसार हिमालयन एभरेष्टमा ५५ करोड रुपैयाँ, शिखर इन्स्यारेन्स कम्पनीमा १६ करोड ९६ लाख ३० हजार रुपैयाँ, नेपाल इन्स्यारेन्स कम्पनी ८ करोड ७३ लाख रुपैयाँ तथा सानिमा जिआइसीमा ६ करोड ८४ लाख ८२ हजार रुपैयाँ बराबरको बीमा दाबी भएको छ ।

प्राधिकरणका अनुसार नेको इन्स्योरेन्स ५ करोड ६७ लाख रुपैयाँ, सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २ करोड ६५ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा ९१ लाख रुपैयाँ, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी ७६ लाख ७० हजार रुपैयाँ, एनएलजी इन्स्योरेन्स कम्पनीमा ४७ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर ३१ लाख रुपैयाँ र प्रभु इन्स्योरेन्स २८ लाख रुपैयाँ बराबरको बीमा दाबी परेको छ ।

लेहेन्दे खोलामा आएको बाढीका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल, भन्सार यार्डमा पार्किङ गरी राखिएका सवारीसाधन बगाएको थियो । यस्तै, रसुवागढी हाइड्रोपावरलगायत संरचनामा समेत बाढीले क्षति पुगेको थियो ।

प्रकाशित मिति: २५ श्रावण २०८२, आइतबार  ०९ : ०८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।