सेयर बजारमा लगातार दोहारो अंकको गिरावट आउँदा नेप्से २७ सय अंकमा, कारोबार रकम ६ अर्बमा खुम्चियो


काठमाडौँ । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आउँदा नेप्से २७ सय अंकमा पुगेको छ । मंगलबार नेप्से २६.२२ अंकले घट्दा २७९६.२४ अंकमा पुगेको छ ।

मंगलबार ७८ हजार २२६ पटकको कारोबारमा १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँमा किनबेच भएका छन् ।

सोमबार नेप्से २७.९ अंकले घटेर २८२२.४६ अंकमा पुग्दा कारोबार रकम १० अर्ब २१ करोड १ लाख ४२ हजार रुपैयाँ पुगेको थियो ।
मंगलबार होटल तथा पर्यटन समूह ९१.२३ अंकले बढ्दा अरु सबै उपसुचमा गिरावट आएको छ । जीवन बीमा समूह १४१.२७ अंकले, निर्जीवन बीमा समूह १०२.८८ अंकले घटेको छ ।

सिटि होटलको सेयर मूल्य १० प्रतिशतले बढेको बजारमा समाज लघुवित्तको सेयर मूल्य ४.३४ प्रतिशत, हिमालयन बैंक २०८६ बन्डको सेयर मूल्य ४, कृषि बैंकको डेभेन्चर ३.६९ र प्रभु बैंकको डेभेन्चर मूल्य ३.२५ प्रतिशतले बढेको छ ।

यता, सिक्लेस हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले घटेको छ । उन्नती सहकार्य लघुवित्तको सेयर मूल्य ८ प्रतिशतले घट्दा लक्ष्मी लघुवित्तको सेयर मूल्य ६.१४, गरिमा समृद्धि योजनाको सेयर मूल्य ५.२४ र नेडेप लघुवित्तको सेयर मूल्य ५.०३ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा नेपाल रिइन्स्योरेन्स २६ करोड ७७ लाख ५५ हजार रुपैयाँको कारोबार सहित अग्रस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा सिद्धार्थ इकूइटी फण्ड ६ लाख ६ हजार ३१७ इकाईको कारोबार सहित शीर्षस्थानमा रहँदा कारोबार संख्याको आधारमा ट्रेड टावर ३ हजार ८४८ पटकको कारोबार सहित अग्रस्थानमा छ ।

मंगलबारको कारोबार सँगै कुल बजार पूँजीकरण ४६ खर्ब ६९ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ कायम भएको छ । सोमबार कुल बजार पूँजीकरण ४७ खर्ब ११ अर्ब ८७ करोड ७३ लाख रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार  १५ : ४३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।