काठमाडौँ । सेयर बजारमा गिरावट कायमै रहेको छ । बुधबार नेप्से १०.५० अंकले घटेर २७८५.७४ अंकमा पुगेको छ ।
बुधबार ७० हजार ९९ पटकको कारोबारमा १ करोड ५८ लाख ४७ हजार ८७३ कित्ता सेयरहरु ६ अर्ब १६ करोड १८ लाख ९४ हजार रुपैयाँका कारोबार भएका छन् । कारोबारमा आएका ३२१ कम्पनी मध्ये ८९ कम्पनीको सेयर मूल्य बढ्दा १५९ कम्पनीको सेयर मूल्य घटेको हो ।
मंगलबार नेप्से २६.२२ अंकले घटेर २७९६.२४ अंकमा पुग्दा ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँ पुगेको थियो ।
बुधबार विकास बैंक समूह २०.७६ अंकले बढेको बजारमा वित्त समूह १.०५ अंकले बढेको बजारमा अरु सबै उपसुचक राताम्मे भएका छन् ।
माया खोला हाइड्रोपावरको सेयर मूल्य ५.७४ प्रतिशतले बढेको बजारमा सानिमा लार्ज क्याप फण्ड ४.३२, नेपाल रिपब्लिक मिडियाको सेयर मूल्य ३.६६, सप्तकोशी विकास बैंकको सेयर मूल्य ३.३३ प्रतिशतले बढ्दा समाज लघुवित्तको सेयर मूल्य ३.३१ प्रतिशतले बढेको छ ।
बलेपी हाइड्रोपावर ३४ करोड १२ लाख २१ हजार रुपैयाँ बराबरको कारोबार सहित शीर्षस्थानमा छ । कारोबारमा आएका इकाई संख्याको आधारमा १६ लाख ६७ हजार ५१४ इकाई ४ हजार १४० पटकको कारोबार सहित बलेपी हाइड्रोपावर नै शीर्षस्थानमा छ ।
बुधबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४६ खर्ब ५१ अर्ब ८९ करोड २४ लाख रुपैयाँ कायम भएको छ । मंगलबार कुल बजार पूँजीकरण ४६ खर्ब ६९ अर्ब ४२ करोड ८३ लाख रुपैयाँ कायम भएको थियो ।












प्रतिक्रिया