शनिश्चरे–खुदुनाबारी जोड्ने बिरिङ खोलाको पुल बाढीले भत्कायो


झापा । विर्तामोडबाट इलामको माई नगरपालिका जोड्ने अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलाको पक्की पुल आज बाढीले बगाएको छ । पुल बगाएसँगै शनिश्चरे–खुदुनाबारी आउजाउ गर्ने सो सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

उक्त पुल २ वर्षअघि भाँसिएको थियो । पुल भाँच्चिएर सडक अवरुद्ध भएपछि दक्षिणमा अर्जुनधाराधाम हुँदै जाने अर्को सडकको बिरिङ पुलबाट यातायात सञ्चालन भइरहेको छ । विसंं २०६५ मा भारत सरकारको २ करोड रुपैयाँ सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार  १६ : १० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।