साता सुरुवातदेखि लगातार घटेको सुनको मूल्य बिहीबार महँगियो


काठमाडौँ । साता सुरुवातदेखि लगातर घटेको सुनको मूल्य आज बिहीबार महँगिएको छ । बिहीबार सुन तोलामा १०० रुपैयाँले महँगिएको हो ।

साताको पहिलो दिन आइतबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो भने सोमबार ११ सय रुपैयाँले घटेको हो । मंगलबार १३ सय र बुधबार १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला १ लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन प्रतितोला १ लाख ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बिहीबार चाँदी तोलामा १५ रुपैयाँले बढेर २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोला २ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ३६०.८८ अमेरिकी डलर र चाँदी ३८.६ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २९ श्रावण २०८२, बिहिबार  १० : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।