काठमाडौँ । नेपाल टेलिकमको खुद नाफा ५७.२१ प्रतिशतले घटेको छ । आर्थिक बर्ष २०८१÷८२ को चौथो त्रैमासिकसम्म खुद मुनाफा २ अर्ब ६६ करोड ८१ लाख ९२ हजार रुपैयाँमा सीमित भएको छ । सो रकम गत आर्थिक बर्षको सोहि अवधिको खुद नाफा भन्दा ५७.२१ प्रतिशतले कम हो ।
गत आर्थिक बर्षमा टेलिकमको खुद मुनाफा ६ अर्ब २३ करोड ५५ लाख २ हजार रहेको थियो भने आर्थिक बर्ष २०८१÷८२ मा घटेर ३ अर्ब ५६ करोड ७३ लाख ९ हजार रुपैयाँ पुगेको छ । टेलिकमको आर्थिक बर्ष २०८१÷८२ मा प्रति शेयर आम्दानी १४.८२ रुपैयाँ मात्र रहेको छ ।
टेलिकमको गत आर्थिक वर्ष २०८१÷८२ को चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय ३४ अर्ब ५३ करोड २४ लाख ४२ हजार रुपैयाँ रहेको छ । यो रकम गत आर्थिक बर्षको सोही अवधिको कुल सञ्चालन आयमा ०.०८ प्रतिशतले कम हो । त्यस्तै आर्थिक बर्ष २०८१÷८२ को चौथो त्रैमासिकसम्म कुल आय ३८ अर्ब ७२ करोड ३३ लाख ४१ हजार रुपैयाँ रहेको छ । उक्त रकम गत आर्थिक बर्षको सोहि अवधिको कुल आय भन्दा ८.०३ प्रतिशतले कम हो ।
त्यस्तै आर्थिक बर्ष २०८१÷८२ को चौथो त्रैमासिकसम्म कर अघिको मुनाफा ११ अर्ब २१ करोड ६३ लाख ४८ हजार रुपैयाँ रहेको छ, जुन गत आर्थिक बर्षको सोहि अवधिको कर अघिको मुनाफा भन्दा ०.३० प्रतिशतले कमि रहेको छ ।












प्रतिक्रिया