१ महिनामा हेटौँडाले उठायो ३ करोड ५० लाख रुपैयाँ राजस्व


बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा ३ करोड ५० लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत १ करोड ३३ लाख ८८ हजार रुपैयाँ, सम्पत्ति कर ४५ लाख ९९ हजार रुपैयाँ, घरबहाल कर  ६५ लाख २० हजार रुपैयाँ, बहाल बिटोरी कर  १६ लाख ४५ हजार रुपैयाँ, व्यवसाय कर  ४१ लाख १७ हजार रुपैयाँ र प्रशासनिक दण्ड जरिवाना र जफत बापत २ लाख ३१ हजार रुपैयाँ सङ्कलन भएको हो । यो गत आवको सोही अवधिको तुलनामा १ करोड रुपैयाँले कम हो ।
आव २०८१÷८२ मा सम्पत्ति कर १ करोड ४४ लाख, ८५ हजार रुपैयाँ, पूर्वाधार सेवाको उपयोग बापत १ करोड १८ लाख ७५ हजार रुपैयाँ, घरबहाल कर ५० लाख ६५ हजार रुपैयाँ, सिफारिस दस्तुर ३३ लाख ४० हजार रुपैयाँ, बहाल बिटोरी कर  १८ लाख ७८ हजार रुपैयाँ, व्यवसाय कर  ४१ लाख २१ हजार रुपैयाँ र प्रशासनिक दण्ड जरिवाना र जफतबापत ५ लाख ९६ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

प्रकाशित मिति: ६ भाद्र २०८२, शुक्रबार  ०८ : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।