सुनचाँदीको मूल्य बढ्यो


काठमाडौँ । स्थानीय बजारमा सोमबारको तुलनामा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा १ हजार ५०० रुपैयाँ र चाँदीमा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी २ हजार ३६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सोमबार एक तोला सुन १ लाख ९७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी २ हजार ३५५ रुपैयाँमा क्रयविक्रय भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रतिऔँस सुन ३ हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १० भाद्र २०८२, मंगलबार  ११ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।