काठमाडौँ । स्थानीय बजारमा बुधबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुनको मोल तोलमा ४ सय रुपैयाँले बढेको छ भने चाँदी १० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य १ लाख ९९ हजार ४०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी २ हजार ३५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
हिजो बुधबार १ तोला सुन १ लाख ९९ हजार रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी २ हजार ३४५ रुपैयाँमा क्रयविक्रय भएको थियो ।










प्रतिक्रिया