एसवाई प्यानलले पायो आईपीओ निष्काशनको अनुमति


काठमाडौँ । नेपाल धितोपत्र बोर्डले एसवाई प्यानेल नेपाल लिमिटेडलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ ।

कम्पनीले जारी पुँजीको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५ सय ४८ कित्ता शेयर निष्काशन गर्नको लागि बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीको कुल पुँजी १ अर्ब ३० करोड ७१ लाख ३७ हजार १ सय रुपैयाँ रहेको छ । कम्पनीको शेयर निष्काशक तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।

प्रकाशित मिति: १८ भाद्र २०८२, बुधबार  ०६ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।