काठमाडौँ । नेपाली बजारमा सुन चाँदीको मूल्यले दैनिक रूपमा नयाँ नयाँ रेकर्ड कायम गरेको छ । गत भदौ १३ गते शुक्रबारदेखि २ लाख माथि लागेको सुनको मूल्यले दैनिक रेकर्ड बनाएको छ । जसअनुसार आज पनि सुनको मूल्य ऐतिहासिक बिन्दुमा पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख १२ हजार रूपैयाँ कायम भएको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा तोलामा १ हजार ६०० रूपैयाँ बढी हो । शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आइतबार चाँदी प्रतितोला २ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५८६.७६ अमेरिकी डलर र चाँदी ४१.०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया