ऐतिहासिक उचाइमा पुगेको सुनको भाउ घट्न थाल्यो


काठमाडौँ । नेपाली बजारमा दिन प्रतिदिन नयाँ कीर्तिमानी कायम गर्ने क्रममा रहेको सुनको भाउ आज सोमबार घटेको छ । सोमबार सुन तोलामा ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ११ हजार ६०० रूपैयाँ कायम भएको छ । आइतबार सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदी पनि उच्च विन्दुमा पुगेर ओरालो लागेको छ । सोमबार चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।

सोमबार चाँदी प्रतितोला २ हजार ४७५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला २ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ५८२.६६ अमेरिकी डलर र चाँदी ४०.६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २३ भाद्र २०८२, सोमबार  १० : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।