काठमाडौँ । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध नयाँ पुस्ताका युवा (जेनजी) हरुले प्रदर्शनमा उत्रिएका छन् ।
स्वतःस्फूर्त रुपमा आज बिहानैदेखि काठमाडौंको माइतीघरमा जम्मा भएका उनीहरू ११ बजेपछि बबरमहल हुँदै नयाँबानेश्वर पुगेका छन् ।
सडकका दुवै लेन ढाकेर प्रदर्शन गर्दै उनीहरु बानेश्वर पुगेका हुन् । निषेधित क्षेत्र भएकोले सुरक्षाकर्मीले उनीहरुलाई त्यहाँभन्दा अघि बढ्न दिएको छैन् ।

आन्दोलन घोषणा गर्दा जेनजीहरुले संसद भवन अगाडि पनि प्रदर्शन गर्ने घोषणा गरेका थिए । तर, उक्त क्षेत्र निषेधित गरिएकोले उनीहरुलाई अगाडि नै रोकिएको छ ।

कतिपय युवाहरु कलेज र स्कुल पोशाकमा समेत देखिन्छन् । पहिले सामाजिक सञ्जालका पोष्टमा मात्र सीमित सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन् ।













प्रतिक्रिया