नेपाल यातायात व्यवसायी संघद्वारा ‘सुरक्षाको प्रत्याभूति नभएसम्म यातायात नचलाउने’ घोषणा


काठमाडौँ । सुरक्षाको प्रत्याभूति नभएसम्म काठमाडौँ उपत्यकासहित देशैभरी सार्वजनिक यातायात नचलाउने घोषणा व्यवसायीले गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मंगलबार एक विज्ञप्ती निकाल्दै यस्तो घोषणा गरेको हो ।
नेपाल सरकारले विभिन्न स्थानमा कर्फ्यू आदेश जारी गरेका कारण असहज परिस्थिति बनेको भन्दै महासंघले यातायात नचलाउने घोषणा गरेको हो ।

‘नेपाल सरकारबाट उचित शान्ती सुरक्षाको प्रत्याभूति नभएसम्म उपत्यका लगायत देशभर यात्रुबाहक र मालबाहक सार्वजनिक यातायातका सवारी साधन सञ्चालन नगर्न नगराउन अनुरोध गरेको छ।

सोमबार जेन–जी समूहविरुद्ध भएको सरकारी दमन र १९ युवाको मृत्युपछि महासंघले दुस्ख व्यक्त गरेको छ । घाइतेको उपचारमा महासंघका सबै सदस्यलाई सक्दो सहयोग गर्न समेत महासंघले आह्वान गरेको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  ११ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।