प्रधानमन्त्रीको राजीनामा स्वीकृत


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत गरेका छन् ।

जेनजीको आन्दोलनले भयावह रुप लिएपछि ओलीले केही समय अघि मात्रै राजीनामा दिएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत भएका ओली पछिल्लो पटक २०८१ असार ३१ गते नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा प्रधानमन्त्री बनेका थिए ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  १५ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।