माओवादी केन्द्रीय कार्यालयमा पनि आगोलागी


काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले केहीबेरअघि माओवादी पार्टी कार्यालय जलाएका हुन् ।

साथै पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  १५ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।