जेनजीलाई वार्तामा आउन राष्ट्रपतिको अपिल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जेनजीलाई वार्तामा आउन अपिल गरेका छन् । मंगलबार वक्तव्य जारी गर्दै संयमित हुन र मुलुकलाई अरु क्षति हुन नदिन आग्रह गरेका छन् ।

‘लोकतन्त्रमा नागरिकले उठाएका माग जेनजीका प्रतिनिधिसमेत बसी वार्ता र संवादमार्फत् समाधान गर्न सकिने भएकाले संयमित हुन, मुलुकलाई अरु थप क्षति हुन नदिन र वार्तामा आउन म सबैलाई अपिल गर्दछु,’ राष्ट्रपतिले भनेका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  १७ : ५८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।