सुदूरपश्चिमका ८ जिल्लाबाट १४ सय कैदी भागे


काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा जेन जी आन्दोलनका कारण सुरक्षा व्यवस्था अस्तव्यस्त हुँदा बाजुरा बाहेकका सबै जिल्लाका कारागारबाट करिब १४ सय कैदीबन्दी भागेका छन्।

मंगलबार जेन जी युवाको प्रदर्शनका क्रममा स्थिति नियन्त्रणबाहिर गएपछि प्रदर्शनकारीहरूले कारागारमै पुगेर कैदीबन्दीहरूलाई भगाएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार कैलाली कारागारबाट मात्रै कम्तीमा ७ सय जना कैदी भागेका छन्।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार  १३ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।