खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल


काठमाडौँ । विमानस्थल सुरक्षा समितिको बैठकले बन्द गरिएको विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको नेपाल उड्डयन नागरिक प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले एक विज्ञप्तिमा जारी गर्दै विमानस्थल सञ्चालनमा आएको बताएको हो । विमानस्थल सञ्चालनमा आएपछि काठमाडौँ विमानस्थल प्रशासनले यात्रुहरूलाई आफ्ना टिकट किनेका एजेन्सी वा सम्बन्धित वायुसेवासँग सम्पर्क गरेर मात्रै विमानस्थलमा आउन आग्रह गरेको छ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार  १६ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।