खुकुलो बन्दै कर्फ्यु


काठमाडौँ। नेपाली सेनाले कर्फ्यु र निषेधाज्ञा खुकुलो बनाएको छ । कर्फ्यु खुकुलो भएपछि हिजोको तुलनामा आज बिहान सडक तथा पसलहरुमा चहलपहल बढेको छ ।

नेपाली सेनाले जारी गरेको सूचना अनुसार आज भदौ २६ गते बिहान १० बजेसम्म कर्फ्यु खुला गरिएको छ । अहिले सवारी साधनहरु निर्वाध चलिरहेका छन् । किनमेल गर्ने र अत्यावश्यक कामका लागि बाहिर निस्किनेहरुको संख्या सडकमा बढेको छ ।
अहिले नेपाली सेना सडकमा खासै देखिएका छैनन् ।

बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म भने फेरि कर्फ्यु लगाइने नेपाली सेनाले जारी गरेको सूचनामा उल्लेख छ । त्यसपछि दुई घण्टा पुन ः कर्फ्यु खुला हुनेछ । आज बेलुकी ७ बजेदेखि २७ गते बिहान ६ बजेसम्म पुन ः कर्फ्यु लागू हुने नेपाली सेनाले जनाएको छ ।

प्रकाशित मिति: २६ भाद्र २०८२, बिहिबार  ०९ : ०६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।