बीमा दाबीलाई सहज बनाउन निर्देशन


काठमाडौं । नेपाल बीमक संघले हाल देखिएको विपद्बाट पीडित बीमित र सेवाग्राहीहरुलाई बीमा दाबी सहज र प्रभावकारी ढंगले व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको छ ।

संघले एक विज्ञप्ति जारी गर्दै सम्पूर्ण बीमित तथा ग्राहकहरुलाई क्षतिको विवरणका लागि आफ्ना सम्बन्धित बीमा कम्पनीमा सम्पर्क गर्न आग्रह गरेको छ ।

संघले बीमा कम्पनीहरु दाबी व्यवस्थापनमा सक्षम र प्रतिवद्ध रहेको स्पष्ट पार्दै सञ्चार माध्यममा सम्प्रेषित केही समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

त्यस्तै, देशभर देखिएको प्रतिकूल परिस्थितिका कारण भएको मानविय क्षति तथा व्यक्तिगत र सार्वजनिक सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै बीमक संघले मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ ।

प्रकाशित मिति: २७ भाद्र २०८२, शुक्रबार  ०७ : ४८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।