काठमाडौँ । चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् । कंकाल मात्र भेटिएको हुँदा डीएनए परीक्षण गरेपछि पछि मात्रै शवको पहिचान हुने अधिकारीले बताएका छन ।
यहि भदो २३ गते भएको जेनी जी प्रदर्शमा प्रहरीको गाली लागेर १९ जनोको मृत्यू भएपछि भोलिपल्ट २४ गते आन्दोलनले उग्र रुप लिएको थियो । २४ गते भएको आन्दोलनमा विभिन्न ठाँउमा आगजनी र तोडफोड भएको थियो । प्रदर्शकारीहरुले सरकारी संरचनाहरु र निजी उद्योग व्यवसायमा आगजनी गरेका थिए ।
उग्र पदर्शनकारीको भिडले भाटभटेनी, सिजी स्टोर लगायतलाई निशाना बनाएर आगजनी तथा तोडफेड गरेका थिए । जसको कारण अर्बाैँ रुपैयाँको क्षति भएको छ ।












प्रतिक्रिया