आजदेखि सहुलियत पसल सञ्चालनमा


काठमाडौँ । आज (सोमबार)देखि दशैं लक्षित सहुलियत मूल्य पसल सञ्चालनमा आउँदै छ ।

मुलुकभर नै सहुलियत पसल सञ्चालन गर्ने निर्णय भएअनुसार मुलुक सामान्य अवस्थामा आएपछि पसल सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी माधव मिश्रले बताए ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत ८ गते यो वर्षको चाडपर्वलाई लक्षित गरेर भदौ ३० गते सोमबारदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन आवश्यक तयारी गर्न निर्देशन दिएको थियो ।

खाद्य व्यवस्था कम्पनीले सञ्चालन गर्ने सहुलियत मूल्य पसलमा सबै किसिमको चामल तथा दाल, गहुँ, चिनी र गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ ।

त्यसैगरी चिउरा, आटा, पिठो, मैदामा प्रतिकिलो ७ रुपैयाँ छुट पाइने छ । कम्पनीले विभिन्न ४६ वटा जिल्लामा सहुलियत मूल्य पसल सञ्चालन गर्ने भनिएको थियो । तर पछिल्लो समयको विकराल अवस्थाका कारण सम्पूर्ण स्थानमा नभए तापनि सहज हुने स्थानमा सञ्चालन गर्ने मिश्रको भनाइ छ ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार  ०८ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।