सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन १९ सयले बढ्यो


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ । मंगलबारको कारोबारमा सुनको मूल्य बढेसँगै नयाँ रेकर्ड बनेको हो ।

आज अघिल्लो दिनको तुलनामा सुनको भाउ १९ सय रुपैयाँले महँगीएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । सोमबार सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेको हो ।

मंगलबार चाँदी प्रतितोला २ हजार ५९५ रुपैयाँ कायम भएको छ । उक्त मूल्य हालसम्मकै उच्च हो । सोमबार चाँदी प्रतितोला २ हजार ५७५ रुपैयाँ थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६८४.४५ अमेरिकी डलर र चाँदी ४२.६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार  १० : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।