उच्च मूल्यबाट घट्यो सुनचाँदी


काठमाडौँ । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । मंगलबार उच्च मूल्यमा पुगेको सुनको मूल्य बुधबार तोलामा १ हजार र चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख १७ हजार १०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, बुधबार चाँदी प्रतितोला २ हजार ५५० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ५९५ रुपैयाँ थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६८१.२१ अमेरिकी डलर र चाँदी ४२.०१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार  १० : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।