काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा ९०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । बुधबार सुन प्रतितोला २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, बिहीबार चाँदी प्रतितोला २ हजार ५२० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला २ हजार ५५० रुपैयाँ थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।
बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६५४.९७ अमेरिकी डलर र चाँदी ४१.३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया