शुक्रबार बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?


काठमाडौँ । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज अघिल्लो दिनको तुलनामा सुनको मूल्य ८०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख १६ हजार रुपैयाँ कायम भएको छ । बिहीबार सुन प्रतितोला २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर प्रतितोला २ हजार ५८० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६५९.५४ अमेरिकी डलर र चाँदी ४२.३४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार  १० : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।