जापानको मुख्य उपभोक्ता मूल्य २.७ प्रतिशतले बढ्यो


जापानको उपभोक्ता मूल्य सूचकाङ्क (मूल्य वृद्धिको दर) अगस्ट महिनामा अघिल्लो वर्षको सोही महिनाको तुलनामा २.७ प्रतिशतले वृद्धि भएको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको छ ।

यो वृद्धिदर लगातार तेस्रो महिना घट्दो क्रममा रहेको देखिन्छ । यसअघि अगस्त महिनामा मूल्यवृद्धि ३.१ प्रतिशत थियो । उर्जा लागतमा आएको कमीका कारण मूल्य वृद्धिको गति केही सुस्तिएको हो ।

यो वृद्धिदर जापानको केन्द्रीय बैङ्कले तोकेको २ प्रतिशतको लक्ष्यभन्दा माथि भए पनि पछिल्ला ९ महिनामध्ये सबैभन्दा कम हो ।
ताजा खाद्यान्न र इन्धन दुबैलाई हटाएर गरिएको गणनामा मूल्य ३.३ प्रतिशतले बढेको देखिएको छ, जुन अघिल्लो महिनाको ३ दशमलव ४ प्रतिशतभन्दा केही कम हो ।

ताजा वस्तुहरूबाहेक खाद्यान्नको मूल्य ८.० प्रतिशतले बढेको छ, जुन अघिल्लो महिनाको ८.३ प्रतिशतभन्दा थोरै कम हो । उता, इन्धनको मूल्य भने ३.३ प्रतिशतले घटेको छ, जुन अगस्त महिनामा देखिएको ०.३ प्रतिशतको गिरावटभन्दा बढी हो ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार  १४ : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।