काठमाडौँ । नवनियुक्त मन्त्रीहरूको शपथ सोमबार दिउँसो २ बजे हुने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासले २ बजेका लागि शपथको समय निर्धारण गरेको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार अनिल कुमार सिन्हा, महावीर पुन, मदन परियार, संगीता कौशल मिश्रा र जगदीश खरेललाई मन्त्री नियुक्त गर्न सिफारिस गरेकी थिइन् । तर मिश्राको विषयमा प्रश्न उठेपछि उनको भने आज शपथ हुने नहुने निश्चित भइनसकेको शीतल निवास स्रोतले बताएको छ ।
प्रधानमन्त्री स्रोत बालुवाटारका अनुसार केही मन्त्री विवादित पृष्ठभूमिका भएकाले नाम हेरफेर गर्ने कि भन्ने विषयमा छलफल चलिरहेको छ। विशेषतः मिश्रा र सन्हामाथि प्रश्न उठेको स्रोतले जनाएको छ। उनीहरूकै कारण अन्य मन्त्रीको समेत शपथ अन्योलमा परेको स्रोतको दाबी छ।










प्रतिक्रिया