युनिलिभरले प्रतिशेयर १८४२ रुपैयाँ नगद लाभांश दिने


काठमाडौँ । युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज ७ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट शेयरधनीलाई १८४२ प्रतिशत नगद लाभांश (कर सहित) दिन निर्णय गरेको हो ।

साथै कम्पनीले लाभांश प्रयोजनार्थ कम्पनीले कात्तिक ११ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ कात्तिक १० गतेसम्म कायम शेयरधनीले मात्र लाभांश हात पार्न सक्नेछन् ।

प्रकाशित मिति: ८ आश्विन २०८२, बुधबार  ०७ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।