सेयर बजार लगातार ओरालो यात्रामा, कारोबार रकम ३ अर्बमा खुम्चियो


काठमाडौँ । सेयर बजारमा परिसुचकमा लगातार गिरावट कायम रहेको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से २.३५ अंकले घटेर २६५२ अंकमा पुगेको छ ।

बिहीबार नेप्सेसँगै कारोबार रकम पनि ३ अर्बमा खुम्चिएको छ । कारोबारमा आएका ३२७ कम्पनी मध्ये १०७ कम्पनीको सेयर मूल्य बढ्दा १३९ कम्पनीको सेयर मूल्य घटेको छ । बिहीबार ३७ हजार ५६२ पटकको कारोबारमा ७९ लाख ५३ हजार ७४० कित्ता सेयरहरु ३ अर्ब २६ करोड ४ लाख ४० हजार रुपैयाँमा किनबेच भएका छन् ।

बुधबार नेप्से २७.८९ अंकले घटेर २६५४.३५ अंकमा पुग्दा कारोबार रकम ४ अर्ब १२ करोड ४८ लाख रुपैयाँ पुगेको थियो ।
बिहीबार व्यापार समूह ५२.५६ अंकले बढेको बजारमा बैकिङ्ग समूह १.७४, लगानी समूह ०.२३ र म्याचुअल फण्ड समूह ०.१० अंकले बढ्दा अरु सबै उपसुचकमा गिरावट आएको छ ।

समग्र बजार घटेपनि हिमस्टार ऊर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यता, सिटी होटलको सेयर मूल्य सबैभन्दा बढी ७.५५ प्रतिशतले घटेको छ । नारायणी विकास बैंकको सेयर मूल्य ५.८५ प्रतिशत, समता घरेलु लघुवित्तको सेयर मूल्य ४.७४ प्रतिशत, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ४.११ प्रतिशतले घटेको बजारमा सिक्लेस हाइड्रोपावरको सेयर मूल्य ३.९५ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा ३० करोड ९० लाख ३४ हजार रुपैयाँको कारोबार सहित नेपाल रिइन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । कारोबार संख्याको आधारमा २ हजार १०८ पटकको कारोबार सहित हिमालयन बैंक शीर्षस्थानमा रहेको छ ।

बिहीबारको कारोबारसँगै कुल बजार पूँजीकरण ४४ खर्ब ३३ अर्ब ४४ करोड १६ लाख ४८ हजार रुपैयाँ कायम भएको छ । बुधबार बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब ३८ करोड २९ लाख ५१ हजार रुपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति: ९ आश्विन २०८२, बिहिबार  १५ : ३७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।